काठमाडौं ,जेठ २८। एएफसी यू–२० महिला एसियन कप छनोटको दोस्रो चरणमा नेपाल जित विहीन भएको छ ।
समूह बी मा रहेको नेपालले अन्तिम खेलमा चाइनिज ताइपेसँग ५–० गोलको हार बेहोर्यो ।
पहिलो खलमा घरेलु टिम म्यानमार र दोस्रोमा चीनसँग समान ५–० गोलको नतिजामा पराजित भएको नेपालले कुनै पनि खेलमा १ गोल पनि फर्काउन सकेन ।
समूह बी को अङ्कतालिकामा नेपाल जितविहीन रहँदै पुछारमा रह्यो । र तेस्रो चरण पुग्न असफल भयो ।
प्यालेस्टाइनलमा भएको पहिलो चरणको खेलमा समूह बी को विजेता बन्दै नेपाल एसियन कप छनोटको दोस्रो चरणमा पुगेको थियो ।
प्रकाशित मिति : २०८० जेष्ठ २८ गते आइतवार