२०८३ भाद्र २८ गते आइतवार

नेपालले ओमानलाई दियो ३११ रनको लक्ष्य

काठमाण्डौ,बैशाख ८ । एसिसी प्रिमियर कपमा नेपालले ओमानलाई ३११ रनको लक्ष्य दिएको छ।

त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३१० रन बनायो ।

नेपालको लागि कुशल मल्लले शतक र सोमपाल कामीले अर्धशतक प्रहार गरे।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कुशलको पहिलो शतक हो भने नेपालबाट ओडिआईमा सर्वाधिक छिटो शतक हान्ने पहिलो खेलाडी पनि बनेका छन्।

खराब सुरुवात गरेको नेपाललाई कुशलले सम्हालेका थिए।

प्रकाशित मिति : २०८० बैशाख ८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *