२०८२ जेष्ठ ११ गते शुक्रवार

विश्व कप फुटबलमा आज चार खेल ः ब्राजिलले स्विट्जरल्यान्ड र पोर्चुगलले उरुग्वेसँग खेल्ने

काठमाण्डौ ,मंसिर १२ । फिफा विश्व कप फुटबलमा आज समूह ‘जी’ र समूह ‘एच’ का दुई–दुई खेल हुँदैछन् ।

पहिलो खेलमा समूह ‘जी’को क्यामरुन र सर्बिया खेल्नेछन् । यो खेल अल जानौबी स्टेडियममा नेपाली समय अनुसार दिउँसो पौने ४ बजे हुनेछ । दोस्रो खेल अन्तर्गत समूह ुएचु को अर्को खेलमा दक्षिण कोरिया र घाना बेलुका पौने सात बजे खेल्ने छन् । खेल एजुकेशन सिटी स्टेडियममा हुने छ ।

आजै हुने तेस्रो खेलमा समूह ‘जी’का ब्राजिल र स्विट्जरल्यान्ड राति पौने १० बजे खेल्दैछन् । ब्राजिल र स्विट्जरल्यान्ड आज दोस्रो जितको खोजीमा हुनेछन् । पहिलो खेलमा ब्राजिलले सर्बियालाई २–० गोलले पराजित गरेको थियो ।

स्विट्जरल्यान्डले भने क्यामरुनलाई पराजित गरेको थियो । त्यस्तै चौथो खेलमा पोर्चुगलले उरुग्वेसँग खेल्ने छ । समूह ुएचु मा रहेको पोर्चुगल र उरुग्वेबीचको खेल राति पौने १ बजे सुरु हुनेछ । पोर्चुगल दोस्रो र उरुग्वे पहिलो जितको खोजीमा हुनेछन्।

प्रकाशित मिति : २०७९ मङ्सिर १२ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *