२०८१ बैशाख १४ गते शुक्रवार

अर्जेन्टिनासंगको जितको खुशीयालीमा आज साउदी सरकारले सार्वजनिक बिदा दिने


बिबस रसाइली ,साउदी अरब ,२३नोभेम्बर । साउदी अरेबियाले फिफा वल्ड कपमा हिजो भएको खेल जितेको खुशीयाली आज बुधबार सार्वजनिक बिदा दिएको छ।

साउदी सरकारले हाल कतारमा चलिरहेको फिफा विश्व कप फूटबल प्रतियोगिता-२०२२ को समूह चरण अन्तर्गत साउदी अरेबिया र अर्जेन्टिनाबीच हिजो भएको रोमाञ्चक खेलमा साउदी अरेबियाको राष्ट्रिय फूटबल टिमले अर्जेन्टिनाको राष्ट्रिय फूटबल टिम माथि उत्कृष्ट जित हासिल गरेको खुसियालीको अवसरमा साउदी सरकारले आज बुधबार २३ नोभेम्बर २०२२ का दिन साउदी अधिराज्यभरका सम्पूर्ण सरकारी कार्यालय, निजी क्षेत्र, क्याम्पस तथा विद्यालयमा सार्वजनिक विदा दिइएको छ ।

खेलमा साउदीले कपको दावेदारी मानिएको अर्जेन्टिनालाई १ को विरुद्ध २ गोलले पराजित गरिएको थियोे ।

नेपाली राजदूतावासले एक सुचना जारी गरि आज बुधबार २३ नोभेम्बर २०२२ का दिन बन्द रहने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराएको छ।

दूतावासले यो अपूर्व खुसियालीको क्षण साउदी सरकार र नगरिकहरूसँग बाँड्न चाहेका बताएका छन् ।

करिब ४ लाख नेपाली कार्यरत साउदीमा उक्त जितलाई आफ्नै जित जस्तै तुलना गरेर सामाजिक संजालमा नेपाल श्रमिकले ब्यक्त गरेका छन् ।

प्रकाशित मिति : २०७९ मङ्सिर ७ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *