काठमाडौँ,कात्तिक २८ । नेपाल र यूएईबीचको एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा यूएईले ब्याटिङ गरिरहेको छ ।
त्रिवि क्रिकेट मैदानमा भइरहेको खेलमा यूएईले टस हारेर ब्याटिङको निम्तो पाएको हो ।
नेपाल र यूएईबीचको तीन खेलको एक दिवसीय सुरु भएको हो । नेपाल र यूएईबीच तीन खेलको शृङ्खला हुनेछ ।
दोस्रो खेल बुधवार र अन्तिम खेल शुक्रवार हुनेछ । यूएईले नेपालसँग पहिलो पटक नेपालमा खेल्न लागेको हो । तर, नेपाल र यूएई एक दिवसीय अन्तर्राष्ट्रिय शृङ्खलामा लागि परिचित प्रतिद्वन्दी हुन् ।
नेपाल र यूएईबीचको एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अहिलेसम्म ६ पटक प्रतिस्पर्धा भएको छ । जसमा नेपाल मात्रै दुई पटक र यूएई चार पटक विजयी भएका छन् ।
प्रकाशित मिति : २०७९ कार्तिक २८ गते सोमवार