२०८१ असार ३० गते शनिवार

टी–२० विश्व कप ः भारत सेमिफाइनलमा, पाकिस्तान र बङ्लादेशको खेल चल्दै

काठमाण्डौ,कात्तिक २० । टी–२० विश्व कप क्रिकेटमा अहिले पाकिस्तान र बङ्लादेश खेलिरहेका छन् । अस्ट्रेलियाको एडिलेडमा टस जितेर बङ्लादेशले ब्याटिङ गरिरहेको छ ।

यो खेल जित्ने टोली समूह२– बाट सेमिफाइनलमा पुग्नेछ । यो समूहमा शीर्ष स्थानमा रहेको भारत सेमिफाइनलमा पुगेको छ ।

तेस्रोमा रहेको पाकिस्तान र चौथोमा रहेको बङ्लादेशमध्ये जित्ने टोली सेमिफाइनलमा पुग्नेछ । जित्ने टोलीको ६ अङ्क हुनेछ ।

सेमिफाइनलमा पुग्न जित्नुपर्ने खेलमा नेदरल्यान्ड्ससँग हारेपछि दक्षिण अफ्रिका सुपर १२ को समूह-२ बाट बाहिरिएको छ । उसको ५ खेलमा ५ अङ्क मात्रै छ ।

आजै भारत र जिम्बाब्वेबीचको खेल दिउँसो पौने २ बजे मेलबर्नमा सुरु हुनेछ । सुपर १२ को समूह-१ बाट न्युजिल्यान्ड र इङ्ल्यान्ड सेमिफाइनलमा पुगेका छन् ।

आयोजक अस्ट्रेलिया बाहिरिएको छ । टी–२० विश्व कप क्रिकेटको फाइनल खेल नोभेम्बर १३ मा मेलबर्नमा हुनेछ ।

प्रकाशित मिति : २०७९ कार्तिक २० गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *