सुर्खेत,कात्तिक १९ । सशस्त्र प्रहरीको एपीएफ क्लब प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेटको सेमि-फाइनलमा पुगेको छ ।
कर्णाली प्रदेशलाई ४४ रनले हराएसँगै एपीएफ अन्तिम चारमा पुगेको हो ।
कीर्तिपुर मैदानमा एपीएफले दिएको २ सय ३५ रनको लक्ष्य पछ्याएको कर्णाली प्रदेश ११ बल बाँकी छँदै १ सय ९० रनमा अलआउट भयो । उसका लागि रवीन्द्र शाहीले सर्वाधिक ८० रन बनाए ।
यस्तै, विपीन शाहीले ३४, अर्जुन घर्तीले २७ र दिनेश अधिकारीले २० रन बनाए ।
बलिङतर्फ एपीएफका मौसम ढकालले ४ तथा भुवन कार्कीले २ विकेट लिए । कर्णाली प्रदेशले कुनै अंक जोड्न सकेको छैन ।
प्रकाशित मिति : २०७९ कार्तिक १९ गते शनिवार
