२०८२ मङ्सिर २२ गते सोमवार

टी–२० विश्व कप ः श्रीलङ्का र अफगानिस्तान तथा इङ्ल्यान्ड र न्युजिल्यान्ड खेल्दै

काठमाण्डौँ,कात्तिक १५ । टी–२० विश्व कप क्रिकेटमा आज दुई वटा खेल हुँदैछ । आज श्रीलङ्का र अफगानिस्तान तथा इङ्ल्यान्ड र न्युजिल्यान्डबीच खेल हुनेछ ।

सुपर १२ को समूह ‘१’ का यी खेल अस्ट्रेलियाको ब्रिस्वेनमा हुनेछन् । आजको पहिलो खेलमा बिहान पौने १० बजे श्रीलङ्का र अफगानिस्तानबीच खेल हुनेछ ।

श्रीलङ्का र अफगानिस्तानको समान तीन खेलमा २ अङ्क छ । सुपर १२ मा आयरल्यान्डलाई हराएको श्रीलङ्का अस्ट्रेलिया र न्युजिल्यान्डसँग पराजित भएको थियो ।

त्यस्तै, अफगानिस्तान इङ्ल्यान्डसँग हारेको थियो भने न्युजिल्यान्ड र आयरल्यान्डसँग खेल वर्षाले प्रभावित हुँदा अङ्क बाँडेको थियो ।

आजको दोस्रो खेल इङ्ल्यान्ड र न्युजिल्यान्डबीच दिउँसो पौने २ बजे सुरु हुनेछ। तीन खेलमा ५ अङ्ककासाथ न्युजिल्यान्ड शीर्ष स्थानमा छ । समान खेलमा ३ अङ्ककासाथ इङ्ल्यान्ड अङ्क तालिकामा तेस्रो स्थानमा छ ।

प्रकाशित मिति : २०७९ कार्तिक १५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *