२०७८ साउन २० गते बुधवार

कतारले विश्वकप फुटबल हेर्न आउने १० लाख जनालाई कोरोना खोप लगाइदिने

काठमाडौं,असार ७ । कतारले सन् २०२२ मा हुने विश्वकप फुटबल हेर्न आउने १० लाख फुटबलप्रेमीलाई कोरोना भाइरस ९कोभिड–१९० विरुद्धको खोप लगाइदिने भएको छ ।

खोप नलगाएका व्यक्तिलाई रंगशालामा प्रवेश गर्न नदिने पनि कतारले बताएको छ ।

कतारका प्रधानमन्त्री शेख खलिद बिन खलिफा अल थानीले विश्वकप हेर्न आउने सबैलाई कोरोना खोप दिने विषयमा पनि कम्पनीहरुसँग छलफल भइरहेको बताएका छन् ।

फिफा विश्वकप आउँदासम्म अधिकांश मुलुकले आफ्ना नागरिकहरुलाई कोरोना खोप लगाइसकेका हुनेछन् । यद्यपि केही मुलुकले भने त्यतिबेलासम्म आफ्ना नागरिकहरुलाई खोप दिन सकेका हुँदैनन्, त्यस्तोमा कतारले उनीहरुलाई कोरोना खोपको पूरा डोज नलिई स्टेडियममा प्रवेशको अनुमति दिंदैन,’ अल थानीले ।

कोरोना महामारीमा पनि कतारले विश्वकप आयोजनाको तयारीलाई भने रोकेको छैन । विश्वकपको आयोजनाबाट मुलुकलाई आर्थिक रुपमा ठूलो फाइदा हुने कतारले विश्वास लिएको छ ।

 

प्रकाशित मिति : २०७८ असार ७ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *