पुस ८ । स्पेनिस ला लिगा फुटबलअन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोना विजयी भएको छ । बार्सिलोनाले सेल्टाभिगोलाई २-० ले हराएको हो ।
बार्सिलोनाको जितमा मेस्सी र डेम्बेलेले गोल गरे । १० औँ मिनेटमा डेम्बेलेको गोलबाट बार्सिलोनाले अग्रता लिएको थियो । मेस्सीले ४५ औं मिनेटमा अर्को गोल थपे । दोस्रो हाफमा दुवै तर्फबाट गोल हुन सकेन र साविक बिजेता बार्सिलोनाले २-० ले नतिजा आफ्नो पक्षमा पार्यो ।
जितपछि बार्सिलोना १७ खेलबाट ३७ अंकसहित शीर्ष स्थानमा कायम छ ।
शनिबार राति नै भएका अन्य खेलमा एथ्लेटिको मडि्रडले स्पानियोललाई १-० ले हरायो । रियल बेटिस र एइबर तथा एथ्लेटिको बिल्बाओ र रियल भालाडोलिडबीचको खेल एक-एकको बराबरी भएको छ ।
प्रकाशित मिति : २०७५ पुष ८ गते आइतवार