जेठ ९ । स्पेनिस ला लिगा फुटबलको उपाधि एट्लेटिको मड्रिडले जितेको छ ।गएराति भएको अन्तिम खेलमा भालाडोलिडलाई २–१ गोलले हराउँदै एट्लेटिकोले उपाधि जितेको हो ।
जितका लागि एञ्जेल कोरेया र लुइस सुआरेजले गोल गरे । एट्लेटिकोले सन् २०१४ पछि पहिलोपटक ला लिगाको उपाधि जित्न सफल भयो।
ला लिगाको उपाधि जितेको एट्लेटिकोले ८६ अङ्कसहित सिजनको अन्त्य गरेको छ । यस्तै ८४ अङ्कसहित रियल मड्रिड दोस्रो र ७९ अङ्कसहित बार्सिलोना तेस्रो स्थानमा रहेर यो सिजनको यात्रा टुङ्ग्याएका छन् ।
प्रकाशित मिति : २०७८ जेष्ठ ९ गते आइतवार