२०८३ बैशाख १३ गते आइतवार

आइसिसी उत्कृष्ट एसोसिएट क्रिकेटरको मनोनयनमा पारस खड्का पर्न सफल

काठमाडौं, मंसिर ९ । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का आइसिसी मेन्स एसोसिएट प्लेयर अफ दी डिकेडु अवार्डको मनोनयनमा परेका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले मंगलबार सार्वजनिक गरेको सूचिमा खड्का शतकको उत्कृष्ट क्रिकेटरमध्ये एसोसिएट विधाको मनोनयनमा पर्न सफल भएका हुन ।

आइसिसीले विश्व क्रिकेटका पुरुष तथा महिला खेलाडीलाई सम्मान गर्न विभिन्न विधामा अवार्ड दिँदै आएको छ।

यो अवार्डको मनोनयनमा परेका खेलाडीलाई भोट गर्न आइसिसीले आफ्नो वेभपोर्टलमा व्यवस्थापन गरेको छ।

अवार्ड आगामी १७ डिसेम्बरमा घोषणा गरिनेछ। गत वर्ष पारसले नेपाली टिमको कप्तानी छाडेका थिए।

पारसले सन २००९ को एसीसी टी–२० कपका लागि राष्ट्रिय टिमको कप्तानको जिम्मेवारी पाएका थिए।

२२ वर्षको उमेरमा कप्तानीको जिम्मेवारी पाएका पारस नेपाली क्रिकेटका सफल कप्तान मानिन्छन् ।

प्रकाशित मिति : २०७७ मङ्सिर ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *