२०८१ बैशाख ८ गते शनिवार

 अष्ट्रेलियाविरुद्धको खेलमा भारत २५० रनमै अलआउट

मंसिर २१ । अष्ट्रेलियाविरुद्धको पहिलो टेष्ट क्रिकेट खेलमा भारतले खराब प्रदर्शन गर्दै आफ्नो पहिलो इनिङ्समा सबै विकेटको क्षतिमा २५० रन बनाएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको भारतले खराब सुरुवात गर्दै पहिलो दिनको समाप्तिमा ९ विकेटको क्षतिमा २५० रन बनाएको थियो । दोस्रो दिन आज यही स्थितिबाट ब्याटिङ थालेको भारतले विना रन अन्तिम विकेट गुमाएपछि २५० रनमा अलआउट भएको हो ।

दोस्रो दिन नै घरेलु टोली अष्ट्रेलियाले आफ्नो पहिलो इनिङ्स थालेको छ ।

तीन रन हुदा पहिलो विकेटको रुपमा लोकस राहुललाई गुमाएको भारतले १९ रन हुदा तेस्रो विकेटको रुपमा कप्तान विराट कोहलीलाई गुमाएको थियो । एकपछि अर्को विकेट गुमाउने क्रममा मुरली विजय ११ रनमा आउट भएका थिए ।

तर भारतका लागि चेतेश्वर पुजराले उकासे । उलने आफ्नो टिमका लागि १२३ रन बनाए । उनकै शतकीय रनसँगै भारतले केही राहत पाएको हो । भारतका अन्य खेलाडी सस्तैमा समेटिएका हुन् ।

अष्ट्रेलियाका लागि जोस हज्लेवोडले तीन विकेट लिए । त्यस्तै, मिचेल स्टार्क, पट कुमिन्स र नाथन लियोनले समान २–२ विकेट लिए ।

प्रकाशित मिति : २०७५ मङ्सिर २१ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *