२०८१ चैत्र ३ गते आइतवार

नेपालले कात्तिक २८ र मंसिर २ मा बंगलादेशसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्ने

काठमाडौं, कात्तिक ५ । नेपाल र बंगलादेशबीच हुने दुई वटा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलको मिति तय भएको छ।

बंगलादेशको राजधानी ढाकास्थित बंगबन्धु राष्ट्रिय रंगशालामा आगामी नोभेम्बर १३ र १७ ९कात्तिक २८ र मंसिर २० मा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल गरिने तय भएको हो।

बंगलादेश फुटबल फेडेरेसनले खेलको मिति तय गर्दै प्रारम्भिक टिम समेत घोषणा गरेको छ।

बंगलादेशले नेपालविरुद्धको खेलका लागि पहिलो चरणको प्रशिक्षणमा ३६ जना खेलाडीलाई बोलाएको छ।

नेपाली राष्ट्रिय फुटबल टिमको प्रशिक्षण गर्न अखिल नेपाल फुटबल संघ ९एन्फा० ले अघिल्लो साता अनुमति पाएको थियो।

तर एन्फाले नेपाली टिमको अभ्यास दसैं बिदापछि मात्र सुरु गर्ने जनाएको छ।

गत चैत महिनादेखि बन्द भएको प्रशिक्षण यसअघि भदौ १ गतेदेखि खुला गर्ने सरकारले निर्णय गरेको थियो।

तर काठमाडौँ उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण ह्वात्तै बढेपछि फुटबलको प्रशिक्षण रोकिएको थियो।

एन्फाले प्रशिक्षण सुरु गराउन भन्दै खेलाडीलाई क्वारेन्टिनमा राखेको थियो। सो क्रममा खेलाडीहरुको पिसिआर परीक्षण समेत गरिएको थियो।

त्यतिबेला फिफा विश्वकप र एसियन कप छनोट पनि स्थगित भएपछि एन्फाले पिसिआर गरेर क्वारेन्टिनमा राखेका खेलाडीलाई घर जान अनुमति दिएको थियो।

अब फेरि एन्फाले स्वास्थ्य प्रोटोकल पालना गर्दै दसैंबिदा सकिएपछि मैत्रीपूर्ण खेलका लागि अभ्यास सुरु गर्नेछ।

प्रकाशित मिति : २०७७ कार्तिक ५ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *