२०८१ बैशाख ८ गते शनिवार

तुलसीपुरको बिएसले जित्यो फूटसलको उपाधि


विजौरी, असोज २९ । नवजागरण यूवा क्लव झिंगैले आयोजना गरेको फूटसलको उपाधि बिएस यूवा क्लव तुलसीपुरले जितेको छ । जितसंगै उस्ले खसी उपहार पाएको छ । विहीवार भएको फाईनल खेलमा बिएस यूवा क्लवले रानी जरुवाले छाँया खोला यूवा क्लवलाई ५–१ को अन्तरले पराजित गरेको हो ।

खेलको ३ मिनेटमा बिएसका लागि अर्जुन नेपालीले पहिलो गोल गरेका थिए । पहिलो हाफमा ३ गोल र मध्यान्तर पछि २ गोल थप्दै बिएसले ५ गोल पुर्याएको हो । खेलमा नेपालीले ह्याट्रिक गरे । उनले बेष्ट प्लेयरको उपाधि पनि जिते ।

खेलको ४० मिनेटमा छाँया खोलाले १ गोल मौ गरेको थियो । गत सोमबारदेखि सुरु भएको दश वटा टिमको सहभागिता रहेको थियो । प्रतियोगिता दुधरासको सोनापुर मिनिरल्स एण्ड आयल प्रालीको खेल मैदानमा भएको हो ।

प्रकाशित मिति : २०७७ असोज २९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *