२०८१ चैत्र १२ गते मङ्गलवार

त्रिशिदेश्वरीले जित्यो क्रिकेटको उपाधि, पायो २५ हजार


तुलसीपुर, असोज २९ । जिल्ला स्तरिय ईन्टर टी २० क्रिकेटको उपाधी तुलसीपुरको त्रिशिद्धेश्वरी स्पोर्ट क्लबले जितेको छ । हेल्पिङ सौल दाङको आयोजनामा तुलसीपुरस्थित महेन्द्र माविको खेल मैदान बिहीवारको फाईनल खेलमा ज्ञान ज्योति स्पोटर्स एकाडेमी तुलसीपुरलाई ८ रनले हराउँदै त्रिशिद्धेश्वरीले उपाधि चुमेको हो । जित संगै उस्ले नगद २५ हजार, ट्रफि,मेडल र प्रमाणपत्र हात पारेको छ । उपविजेता ज्ञान ज्योति बन्यो । उस्ले नगद १० हजार पायो ।

टस जितेर ब्याटिङ रोजेको त्रिशिद्धेश्वरीले १८ दशमलव ५ ओभरमा अलआउट हुदै ७७ रन बनाएको थियो । जसमा युबराज वली र भरत वलीले समान १७ -१७ रनको योगदान गरे । त्यस्तै बलिङ तर्फ ज्ञान ज्यातिका प्रकाश श्रेष्ठले सर्वाधिक ४ विकेट लिए । खेलमा कमल वलीले २ विकेट लिएका थिए । ७८ रन को बिजयी लक्ष्य पाएको ज्ञान ज्योति १५ दशमलव १ ओभरमा ६९ रनमा अलआउट भयो । खेलमा प्रबिन अधिकारीले १९ रन जोडेका थिए । बलिङ तर्फ शंकर बुढाले सर्वाधिक ४ विकेट लिए भने स्माईल अन्सारी र सन्दिप डाँगीले २ ÷ २, तिलक बौडेल र करण सार्कीले समान १÷ १ विकेट लिन सफल भए ।

खेलमा म्यान अफ द फाईनल त्रिशिद्धेश्वरीका शंकर बुढा घोषित भए ।प्रतियोगितामा ८ टिमको सहभागिता रहेको थियो । खेल लिग कम नकाउटका आधारमा खेलाइएको हो । प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने त्रिशिद्धेश्वरीका शंकर बुढा, बेष्ट ब्याट्सम्यान सोही क्लवका करण सार्की,बेष्ट बलर,बेष्ट फिल्डरपनि सोही क्लवकै भरत वलीले हात पारे ।

त्यस्तै शिद्धार्थ एकाडेमिका केशव अधिकारी म्यान अफ द सिरिज घोषित भए । बेष्ट सिक्शर दंगाली पल्टका कमल चौधरी र फेयर प्लेयर टिममा वडा नं. ७ घोषित भयो ।

प्रकाशित मिति : २०७७ असोज २९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *