२०७७ कार्तिक १५ गते शनिवार

तुलसीपुरमा दाङ भ्याली टी–२० क्रिकेट प्रतियोगिता सुरु

उद्घाटन खेलमा त्रिशिद्धेश्वरी र सिद्धार्थको बिजयी


तुलसीपुर, असोज २३ ।दाङको तुलसिपुरमा शुक्रबारदेखि सुरु भएको इन्टर दाङ भ्याली टी–२० क्रिकेट प्रतियोगितामा त्रिशिद्धेश्वरी स्पोट्र्स क्लब तुलसिपुर र सिद्धार्थ एकाडेमी घोराहीले बिजयी यात्रा सुरु गरेका छ्न् ।

‘हेल्पिङ सोल’ दाङको आयोजनामा संचालित प्रतियोगिताको उद्घाटन खेलमा पब्लिक ज्ञान ज्योती तुलसीपुरलाई ४ रन ले पराजित गर्दै त्रिशिद्धेश्वरीले बिजयी यात्रा सुरु गरेको हो । त्यस्तै गोरखा स्कूल तुलसीपुरलाई १५ रनले पराजित गर्दै सिद्धार्थ एकाडेमी घोराहीले बिजयी यात्रा सुरु गरेको हो ।

टस जितेर ब्याटिङ रोजेको त्रिशिद्धेश्वरीले २० ओभरको समाप्तिमा ८ विकेटको क्षेतिमा ८२ रन बनाउन सफल भएको थियो । त्यसमा शंकर बुढाले सर्वाधिक ३० रनको योगदान गरेका थिए भने तिलक पौडेल १४ र अनिस आचार्यले १३ रन जोडेका थिए । बलिङ तर्फ पब्लिकका नबराज र दिवान पुनले समान २÷२ विकेट लिएका थिए ।

८३ रनको बिजयी लक्ष्य पच्छ्याएको पब्लिक ज्ञान ज्योती १९ दशमलव २ ओभरमा अलआउट भएको थियो । जसमा दिवान पुनले १७ र समिर न्यौपाने १५ बाहेक अन्य ब्याट्सम्यानले डबल फिगर बनाउन सकेनन् । बलिङ तर्फ त्रिशिदेश्वरीका करण सर्कीले शानदार बलिङ गर्दै ह्याट्रिक गरेका थिए भने स्माईल अन्सारीले महत्वपूर्ण ३ बिकेट लिए ।

खेलमा उत्कृष्ट बलिङ गर्दै ह्याट्रिक गर्न सफल करण सार्की म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तरगत शनिवार बिहान ८ बजे हुने पहिलो खेलमा पुरन्धारा क्रिकेट क्लब र आयोजक हेल्पिङ सोल भिड्ने भएका छन् ।

झण्डै एक साता चल्ने प्रतियोगितामा ८ टिमको सहभागिता रहेको छ । खेलहरु लिग कम नकाउटका आधारमा खेलाइएको छ । प्रतियोगिताको बिजेता तथा उपबिजेता टिमले क्रमशः नगद २५ र १० हजार ट्रफी,मेडल तथा प्रमाणपत्र पाउने छन् । त्यस्तै प्रतियोगिता अबधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीलाई पुरस्कृत गरिने भएको छ ।

प्रकाशित मिति : २०७७ असोज २३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *