असोज २३ । कप्तान लियोनेल मेस्सीको पेनाल्टी गोलसँगै अर्जेन्टिनाले विश्वकप छनोटको पहिलो खेलमा विजयी सुरुवात गरेको छ । अर्जेन्टिनाले इक्वेडरलाई १-० ले पराजित गरेको हो ।
खेलको १३ औँ मिनेटमा मेस्सीले पेनाल्टीमा गोल गर्दै अग्रता दिलाएका थिए । इक्वेडरका पेर्भीस इस्टुनपियनले लुकास अोकाम्पसलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । २० अौं मिनेटमा लौटारो मार्टिनेजको पासमा मेस्सीको प्रहार डिफ्लेक्ट हुँदै बाहिरियो ।
दोस्रो हाफको ४८अौं मिनेटमा मार्टिनेजको पासमा अोकाम्पसको प्रहार गोलरक्षक एलेक्जेन्डर डोमिन्गेजले बचाए । इन्ज्युरी समयको चौथो मिनेटमा रोड्रिगो डे पल चुक्दा अर्जेन्टिना १-० मै चित्त बुझाउन बाध्य भयो ।
विश्वकप छनोट अन्तर्गत अर्को खेलमा पाराग्वे र पेरुले २-२ को बराबरी खेले । उरुग्वेले चिलीलाई २-१ ले पराजित गर्यो । उरुग्वेको जितमा लुइस सुआरेज र म्याक्सी गोमेजले १-१ गोल गरे।