२०८३ जेष्ठ २३ गते शनिवार

वडा कार्यालयले क्लवलाई ६० हजार बराबरको खेलकुद सामाग्री दियो


तुलसीपुर, असोज २१। तुलसिपुर उपमहानगरपालिका वडा नं. १५ ले लक्ष्य युवा क्लब मलवार ाई खेलकुद सामग्री प्रदान गरेको छ । बुधवार खेल सामग्री हस्तान्तरण गरिएको हो । क्लबका अध्यक्ष लक्ष्मण बस्नेत, सचिव सुरेन्द्र चौधरीलाई जर्सी,जुत्ता,सिन प्याड, ग्लोभ्स, मोजा, फूटबल गरि झन्डै ६५ हजार बराबरको फुटबल सामग्री प्रदान गरिएको छ ।

गाउँघरमै खेलको विकास र विस्तार गर्ने उदेश्यका साथ वडा कार्यालयले ती सामाग्री प्रदान गरेको वडा अध्यक्ष लक्ष्मण चौधरीले बताए । क्लबका अध्यक्ष बस्नेत खेलुकुदको विकासका लागि वडा कार्यालयले आवश्यक सामाग्री प्रदान गरेकोमा धन्यवाद ज्ञापन गरेका थिए ।

क्लबका सल्लाहकार लेख राजबस्नेतको स्वागत मन्तब्यबाट सुरु भएको सामाग्री हस्तान्तरण कार्यक्रममा, नेकपाका वडा कमिटी सचिव खिमलाल वली, इलाका प्रहरी कार्यालय मलवारका प्रमुख मेघराज डाँगी लगाएतले मनतव्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण क्लबका सचिब सुरेन्द्र चौधरीले गरेका थिए ।

प्रकाशित मिति : २०७७ असोज २१ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *