२०८१ चैत्र ६ गते बुधवार

वडा कार्यालयले क्लवलाई ६० हजार बराबरको खेलकुद सामाग्री दियो


तुलसीपुर, असोज २१। तुलसिपुर उपमहानगरपालिका वडा नं. १५ ले लक्ष्य युवा क्लब मलवार ाई खेलकुद सामग्री प्रदान गरेको छ । बुधवार खेल सामग्री हस्तान्तरण गरिएको हो । क्लबका अध्यक्ष लक्ष्मण बस्नेत, सचिव सुरेन्द्र चौधरीलाई जर्सी,जुत्ता,सिन प्याड, ग्लोभ्स, मोजा, फूटबल गरि झन्डै ६५ हजार बराबरको फुटबल सामग्री प्रदान गरिएको छ ।

गाउँघरमै खेलको विकास र विस्तार गर्ने उदेश्यका साथ वडा कार्यालयले ती सामाग्री प्रदान गरेको वडा अध्यक्ष लक्ष्मण चौधरीले बताए । क्लबका अध्यक्ष बस्नेत खेलुकुदको विकासका लागि वडा कार्यालयले आवश्यक सामाग्री प्रदान गरेकोमा धन्यवाद ज्ञापन गरेका थिए ।

क्लबका सल्लाहकार लेख राजबस्नेतको स्वागत मन्तब्यबाट सुरु भएको सामाग्री हस्तान्तरण कार्यक्रममा, नेकपाका वडा कमिटी सचिव खिमलाल वली, इलाका प्रहरी कार्यालय मलवारका प्रमुख मेघराज डाँगी लगाएतले मनतव्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण क्लबका सचिब सुरेन्द्र चौधरीले गरेका थिए ।

प्रकाशित मिति : २०७७ असोज २१ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *