तुलसीपुर ,असोज १७। खुल्ला क्रीकेट प्रतियोगिता २०७७ को उपाधी त्रिशिदेश्वरी स्पोर्ट्स क्लब तुलसीपुरले हात पारेको छ। स्यालुट नेपाल युवा क्लब तुलसीपुर ९ बेलुवाको आयोजनामा संचालित प्रतियोगितामा सहभागी ९ टिम मध्य अंक तालिकाको शिर्ष स्थानमा रहदै त्रिशिदेश्वरीले उपाधी हात पारेको हो ।
उपाधी संगै उसले नगद २० हजार तथा कप जितेको छ । स्थानिय स्तरमा क्रीकेट खेलको बिकास गर्ने उदेश्यले तुलसीपुर ९ को गौरीचौर खेल आयोजना गरिएको प्रतियोगिता ९ टिमको सहभागिता रहेको थियो।
यसैबिच सेलुट नेपाल युवा क्लब का अध्यक्ष लक्ष्मण शर्माको अध्यक्षतामा भएको प्रतियोगिता समापन समारोहमा बेस्ट बलर त्रिशिदेश्वरी स्पोर्ट्स क्लबका स्माईल अन्सारी,बेस्ट ब्याट्सम्यान नोबेल एकाडेमीका सुदिप नेपाली र म्याच अफ सिरिज स्यालुट नेपाल युवा क्लबका युव राज ओलिलाई घोषित गरिएको थियो भने बिजेता टिम तथा खेलाडी लाई कप,प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गरिएको थियो । सो अबसरमा त्रीशिदेश्वरी क्रीकेट क्लबका अध्यक्ष कमल डागी ले ५ वर्षको कलिलो उमेरमै क्रीकेट खेलाडी बन्ने ईच्छा राखेर ब्याटिङको अद्भुत क्षमता बोकेका तुलसिपुर ९ बेलुवा बस्ने बिमोचन थापा लाई क्रीकेट ब्याट र बल प्रदान गरेका थिए ।कार्यक्रमको संचालन टेवुल टेनिस संघका उपाध्यक्ष अरुण लहरे गरेका थिए ।