२०८१ मङ्सिर २७ गते बिहिवार

नेपाल टेलिकमले ल्यायो चाडपर्व अफरै अफर

काठमाडौं,असोज २९। नेपाल टेलिकमले चाडपर्वका अवसरमा ग्राहकका लागि अफरहरु ल्याएको छ। कम्पनीले यसअघि नै ल्याएको अटम अफरलाई परिमार्जन गरेर ९० दिन थप गरेको छ। दसैं तिहार तथा छठका लागि अफरहरु सञ्चालन गर्ने भएको हो। अफरमा मोबाइलको रिचार्जमा कुराकानीका लागि अतिरिक्त मिनेट बोनस दिइने कम्पनीले जानकारी दिएको छ।

यसमा ५० रुपैयाँको रिचार्ज गर्दा ५ मिनेट, १०० रिचार्जमा १० मिनेट, २०० रुपैयाँ रिचार्जमा २० मिनेट र एमपोसबाट २०१ देखि ४९९ रुपैयाँसम्म रिचार्ज गर्दा ३० मिनेट बोनस प्राप्त गर्न सकिनेछ। यसरी पाइने बोनस रिचार्ज गरेकै दिन सक्नुपर्ने छ।

चाडपर्व अफरमा टेलिकमले रिचार्जमा अतिरिक्त कल टाइम बोनसमा मात्र दिने छ। यसमा ९९९ रुपैयाँसम्म रिचार्ज गर्दा ५० रुपैयाँ, हजार भन्दा माथि रिचार्ज गर्दा सय मिनेट बोनस दिने छ।

अटम अफर
टेलिकमले यसअघि नै ल्याएको अटम अफरमा परिवर्तन गरि तीन दिनसम्म चलाउन मिल्नेगरी ५५ रुपैयाँमा अनलिमिटेड युटुब र फेसबुक चलाउन पाइनेछ । यी अफर किनेपछि सहुलियत स्वरुप १५ रुपैयाँमा ३ दिनसम्म सबै किसिमका एप्लिकेसन प्रयोग गर्न सकिने र एक जिबी डेटा पनि पाइने छ।

यसअघि ४० मा तीन दिनका लागि ५५ मिनेटको भ्वाइस प्याक उपलब्ध गराइरहेकोमा अब सोही दरमा ७० मिनेट कल गर्न सकिने प्याकेज उपलब्ध गराइने कम्पनीले जानकारी दिएको छ। त्यस्तै यसमा १५ रुपैयाँमा वान नाइट अनलिमिटेड भ्वाइस कल प्याक पनि पाइने छ।

अन्य भ्वाइस प्याकहरु भने यथावत नै रहेका छन्।

डेटा प्याकमा केही परिमार्जन गरिएको छ। अबदेखि कम्पनीले १५ रुपैयाँमा एक दिनका लागि सय एमबी डेटा दिने छ। त्यस्तै तीन दिनका लागि ६० रुपैयाँमा ५ सय एमबी डेटा दिने छ।

प्रकाशित मिति : २०७७ असोज २९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *