काठमाडौं, असोज १३। कोरोना भाइरस महामारीको लकडाउन वर्क फ्रम होमलाई सहज तुल्याउनका लागि भिडियो कन्फ्रेन्सिङ प्लाटफर्महरु जुमआए संगै गुगलको गुगल मिट, माइक्रोसफ्ट टिम्स तथा फेसबुक मेसेन्जरको मेसेन्जर रुम्स निकै लोकप्रिय बनिरहेका छन् ।
मानिसहरुको हीतलाई ध्यानमा राख्दै सर्च इन्जिन कम्पनी गुगलले पनि आफ्नो गुगल मिट सर्भिस पूर्ण रुपमा निःशुल्क गर्दै आएको छ ।
गुगल मिटमा प्रयोगकर्ताहरुले आफुले चाहेजति समयसम्म भिडियो कन्फ्रेन्सिङ गर्न सक्दछन् । तर यस्तो अनलिमिटेड फ्रि मिटिंग्सको सुविधालाई गुगलले आगामी ३० सेप्टेम्बरबाट बन्द गर्दैछ । आउँदो सेप्टेम्बर ३० पछि गुगल मिटका निःशुल्क प्रयोगकर्ताले अधिकतम ६० मिनेटसम्म मात्र भिडियो कन्फ्रेन्सिङ गर्न पाउनेछन् ।
३० सेप्टेम्बरपछि निःशुल्क प्रयोगकर्ताहरुले एक पटकमा केवल ६० मिनेटसम्म मात्र भिडियो कल गर्न पाउनेछन् भने सशुल्क प्रयोगकर्ताहरुका लागि मात्र अनलिमिटेड भिडियो कन्फ्रेन्सिङ सुविधा प्राप्त हुनेछ ।
गत अप्रिल महिनामा गुगलले एक घोषणा गर्दै भिडियो कन्फ्रेन्सिङका लागि सबै प्रयोगकर्ताहरुले अनलिमिटेड गुगल मिट प्रयोग गर्न पाउने जानकारी गराएको थियो ।
यो सँगै गुगल मिटमा लामो बैठक गर्ने प्रयोगकर्ताहरुले शुल्क तिर्नुपर्ने बाध्यता हुनेछ । तर एकघण्टा भन्दा कम समयमै बैठक सकिने प्रयोगकर्ताहरुका लागि चाहिँ गुगल मिट निःशुल्क रुपमै प्रयोगमा आउनेछ ।
–एजेन्सी