२०८२ माघ २९ गते बिहिवार

२४ घण्टामा १ सय २१ जनामा कोरोना पुष्टि

काठमाण्डौ,असार २६ । पछिल्लो २४ घण्टामा एक सय २१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

पीसीआर र एन्टिजेन गरी तीन हजार ४५ जनाको नमुना परीक्षण गर्दा एक सय २१ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यही अवधिमा ३१ जना सङ्क्रमित निको भएका छन् । अब नेपालमा ६ सय ७८ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् ।

२४ घण्टामा कोरोना सङ्क्रमणका कारण कसैको पनि ज्यान गएको छैन ।

थप १० हजार पाँच सय ६७ जनाले कोरोनाविरुद्धको खोप लगाएका विवरण प्राप्त भएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २०७९ असार २६ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *