२०८२ चैत्र २ गते सोमवार

एकैदिन थपिए ९० जना कोरोना संक्रमित

काठमाडौं,असार २१ । देशभर पछिल्लो २४ घण्टामा थप ९० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ३ हजार १ यस १२ जनाको को नमूना परीक्षण गरिएको थियो ।

१ हजार ९ सय ४४ ले पीसीआर र १ हजार १ सय ६८ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ९० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मंगलबार २० जना संक्रमित संक्रमणमुक्त भएका छन् भने देशभर ४ सय १ जना सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २०७९ असार २१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *