
तुलसीपुर, कात्तिक १२ । सल्यानमा भएको निशुल्क आँखा शिबिरबाट २ सय १५ जनाले नयाँ दृष्टि पाएका छन् ।
जिल्लाको बनगाँड कुपिन्डे नगरपालिकाको आयोजनामा कात्तिक ११ र १२ गते सञ्चालित शिविरमा ३ सय १६ जनाको ऑखा जाँच गरिएको थियो ।
त्यसमध्य ८७ जनाको मोतिविन्दुको शल्यक्रिया गरिएको अस्पतालका बाह्य कार्यक्रम संयोजक सालिकराम गौतमले जानकारी दिएका छन् ।
कुल ५ सय ५९ जनाको निशुल्क ऑखा जाँच गरिएकोमा २ सय १५ जनाको निशुल्क मोतिविन्दुको शल्यक्रिया गरि नयाँ दृष्टि प्रदान गरिएको गौतमले बताए ।
त्यस्तै रुकुमको चौरजहारी नगरपालिकको आयोजनामा कात्तिक ८ र ९ गते सञ्चालित निशुल्क ऑखा शिविरमा २ सय ४३ जनाको ऑखा जाँच गरिएको थियो । त्यसमध्य १ सय २८ मोतिविन्दुको शल्यक्रिया सम्पन्न छ ।
शिविरमा नेत्र रोग बिषेशञ डा. सुलक्ष्मी कटुवालको नेतृत्वमा १४ जनाको प्राविधिक टोलीले सेवा प्रदान गरेको थियो ।
राप्ती ऑखा अस्पताल तुलसीपुरको सेवा क्षेत्रभन्दा टाढाका पहाडी जिल्लाहरुमा निशुल्क आँखा शिविरका साथै सल्यक्रियासहितको सेवा पाउँदा स्थानीय खुसी भएका थिए । स्थानीयले उपचारमा संलग्न चिकित्सक, प्राबिधिकलाई धन्यबाद दिनुका साथै फेरिफेरी त्यस्ता शिविरहरु त्यहाँ सञ्चालन गर्नका लागि आग्रह गरेका थिए ।
नेपाल नेत्र ज्योति संघ राप्ती ऑखा अस्पतालको प्राविधिक सहयोग, एनएबीपी आइ केयर नर्बेको आर्थिक सहयोगमा सल्यान र रुकुममा शिविरहरु सञ्चालन भएका हुन । शिबिरमा ग्लोबल मेडिकल फाउन्डेसन आष्ट्रेलियाको पनि आर्थिक साहेता थियो ।