
तुलसीपुर,असोज ७ । तुलसीपुरमा स्वास्थ्य अधिकार सम्बन्धी अन्तरक्रिया कार्यक्रम भएको छ ।
बिहिवार मानव अधिकार समुह तुलसीपुरको आयोजना एवं इन्सेक दाङको समन्वयमा उक्त कार्यक्रम भएको हो । मानव अधिकार समुह तुलसीपुरका अध्यक्ष हुमकान्त कँडेलको अध्यक्षतामा भएको कार्यक्रममा कोरोना खोपबाट बञ्चित भएका व्यक्तीहरुलाई खोपको व्यस्था गर्नुपर्ने,सरकारी कार्यालयमा सेनेटरी प्याडको ब्यबस्था गर्नुपर्ने, अस्पतालहरुबाट सुत्केरी भत्ता लिनेको अवस्थाबारे जानकारी लिने लगाएतका विषयमा छलफल भएको छ ।
कार्यक्रममा बोल्दै तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य शाखाका विष्णु गिरीले स्वास्थ्यमा सुधार ल्याउन हरेक क्षेत्र सुध्रन जरुरी रहेको बताए । स्वास्थ्य सेवा पाउनु सबै नागरिकको मौलिक अधिकार भएको बताउँदै उनले स्वास्थ्य स्तर बृद्धी गर्न हरेक नागरिकलाई अस्पतालहरूको सेवाको बारेमा जानकारी दिन सचेतना बोर्डहरु राख्न पहल गरिने बताए ।
सो अवसरमा उपमहानगरपालिकाका महिला बालबालिका तथा सामाजिक विकास शाखाका अधिकृत माया श्रेष्ठ, न्युसिपिसीका उमेश खरेल लगाएतले बोलेका थिए । कार्यक्रमको सहजीकरण इन्सेक दाङ सहजकर्ता विनोद केसीले गरेका थिए ।
