२०८१ जेष्ठ ६ गते आइतवार

प्रहरी सहायक निरीक्षक भुपेन्द्र बुढाथोकीको अर्को सांगीतिक कोसेली


दाङ, असार ८ । नेपाल प्रहरीमा सेवारत भुपेन्द्र बुढाथोकीको अर्को सांगीतिक कोसेली ‘अब खुसी’ सार्बजनिक भएको छ । भुपेन्द्र बुढाथोकीको शब्द रहेको गीतमा पुर्णिमा लामाको स्वर छ भने गीतमा संगीत, एरेन्जर गोविन्द मधुर आचार्यले गरेका छन ।

‘फूल भनु जिन्दगीलाई’ गीतको अपार सफलता पछी गीतकार बुढाथोकीले ‘अब खुसी’ गीत सार्बजनिक गरेका हुन ।

‘हामी नेपाल प्रहरी’, फूल भनु जिन्दगीलाई, ‘नाच्न्या हो गाउन्या हो’ सहित ५ ओटा गीत यस अघि बुढाथोकीले सार्बजनिक गरिसकेका छन ।

गीत मेलोडियस रहेकाले सबैको मन जित्नेमा बिस्वस्त देखिन्छन गीतकार बुढाथोकी । गीतको भिडियो फलानो युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ ।

प्रकाशित मिति : २०७६ साउन ८ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *