२०८० असोज १५ गते सोमवार

सञ्चारकर्मी बसन्त योगीको तीज गीत “कल्ले खायो दर” सार्वजनिक

दाङ,भदौ १२ । सञ्चारकर्मी तथा गीतकार वसन्त योगीको तीज गीत ‘कल्ले खायो दर’ सार्वजनिक भएको छ । आज आइतबार साँझमात्र युट्युबमार्फत सार्वजनिक गरिएको तीजको गीत उत्साहजनक रुपमा हेरिएको छ ।

खासगरी नेपाली मौलिकतालाई समेटेर तयार गरिएको गीत नेपाल बार एसोसिएसनका पूर्व कोषाध्यक्ष एवं वरिष्ठ अधिवक्ता मोहन इङ्नामले एक समारोहबी विमोचन गरेका हुन ।

गीतमा पछिल्लो समय चर्चामा रहेकी गायिका अनु चौधरीले स्वर दिएका छन । शव्द रचना वसन्त योगीले गर्नु भएको हो भने यसलाई संगीत तथा एरेन्ज पुष्कर सुनुवारले गरेका हुन । कल्ले खायो दरमा चर्चित मोडेल अञ्जली अधिकारी र करिष्मा ढकालको मुख्य अभिनय रहेको छ ।

त्यस्तै गीतको भिज्युअलमा आमाको भूमिका कृष्णकुमारी महतले निभाएकी छन । प्रशान्त मगरको निर्देशन र अजय रेग्मीको छाँयाङ्कन एवं प्रविन भट्टको सम्पादन रहेको म्युजिक भिडियो पूर्ण प्याकेज देखिन्छ ।

गाउँबस्तीमा चलनचल्ती रहेका सर्वसाधारणले बुझ्ने सहज शव्द जोडेर बनाइएको गीत नेपाली नारीहरुको भावनालाई समेटेर तयार पारिएको म्युजिक भिडियोका निर्देशक प्रशान्त मगरले बताए ।

गीत अनि म्युजिक भिडियोमा नेपाली मौलिकता देखाउन खोजिएको हुँदा दर्शक श्रोताले औधी मन पराइदिने निर्माताले बिश्वास लिएका छन् ।

प्रकाशित मिति : २०८० भाद्र १२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *