२०८१ बैशाख २० गते बिहिवार

फिल्म ‘नम्बरी सुन’को टिजर सार्वजनिक

काठमाडौं, असार २ । आगामी भदौ १ गतेदेखि प्रदर्शनको तयारीमा रहेको फिल्म ‘नम्बरी सुन’को टिजर सार्वजनिक भएको छ ।

सम्बन्धको कथावस्तुमा आधारित यो फिल्मलाई राजु गिरीले निर्देशन गरेका छन ।

टिजरका अनुसार फिल्ममा गौरव पहारी र नम्रता सापकोटाले ‘लभ इन्ट्रेस्ट’को चरित्र निर्वाह गरेका छन । सरोज खनाललाई गाउँले मुखियाको भूमिकामा देख्न सकिन्छ ।

फिल्ममा किरण नेपाली खलपात्र र राजाराम पौडेल सहायक भूमिकामा छन् । नारायण खातीको प्रस्तुति रहेको फिल्ममा सविन बास्तोला, विनोद न्यौपाने, गीता अधिकारी लगायतको अभिनय छ ।

सुवर्ण शिवांश प्रोडक्सनको बब्यानरमा निर्माण भएको फिल्मको पटकथा शिवम् अधिकारीले लेखेका हुन ।

फिल्मका निर्माता सरोज खाती, सविन खाती र मनोज रिजाल छन।

https://www.youtube.com/watch?v=9NgD-Or708U

प्रकाशित मिति : २०८० असार २ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *