२०८२ फाल्गुन २१ गते बिहिवार

नयाँ लभ स्टोरीको तयारीमा अध्यक्ष केसी

काठमाडौँ,जेठ ४ । पुराना अभिनेता तथा फिल्म निर्माता भुवन केसीले नयाँ लभ स्टोरी फिल्मको तयारी गरेका छन्।

चलचित्र विकास बोर्डका अध्यक्ष समेत रहेका केसीले आगामी भदौमा नयाँ फिल्मको छायांकन सुरु गर्ने बताएका हुन्।

भुवनले नयाँ फिल्म प्रेम कथामा बनाउने बताएका छन्। फिल्मको कथाले आम दर्शकको मन जित्ने भुवनको दाबी छ।

भुवनले यसअघि पनि फिल्म ‘पारस’ बनाउने घोषणा गरेका थिए। यो फिल्मको कथा मन परेको भन्दै निर्माता माधव वाग्लेसँग ३० लाखमा कथा किनेका थिए। उनले यो फिल्म अझै बनाएका छैनन्।

यो फिल्म किन नबनाएको भन्ने प्रश्नमा भुवनले भनेका छन्, ‘त्योभन्दा बबाल कथामा फिल्म बनाउँदै छु।’

‘क्याप्टेन’ निर्माण पछि उद्योगमा भुवनको अर्को फिल्म आएको छैन। बेलाबेला ‘एन्टी हिरो, माइतीघर २, पारस’ लगायतका फिल्म बनाउने भनेर भुवनले प्रचार त गरे तर बनाउन सकेका छैनन्।

त्यसैले उनले बनाउने भनेको नयाँ फिल्म बन्छ भन्नेमा उद्योगका मानिस ढुक्क छैनन्। फिल्म बनिहाल्यो भने पनि अनमोल केसी शीर्ष भूमिकामा देखिने छन्।

प्रकाशित मिति : २०८० जेष्ठ ४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *