२०८२ असार १ गते सोमवार

‘प्रसाद २’ वैशाख १५ मा प्रदर्शन हुने

काठमाडौं, चैत २९ । विपिन कार्की र केकी अधिकारी अभिनीत फिल्म ‘प्रसाद २’ को नयाँ प्रदर्शन मिति सार्वजनिक गरिएको छ ।

उच्च अदालत पाटनले फिल्म प्रदर्शनको लागि बाटो खुला गरेपछि निर्माण पक्षले नयाँ मिति तय गरेको हो ।

गत साता निर्मातामध्येका एक केशव पाण्डेले अर्का निर्माता सुवास थापाविरुद्ध आर्थिक लेनदेनको विवादमा रिट दायर गरेपछि अदालतले फिल्म रोक्न आदेश दिएको थियो।

तर सोमबारको सुनुवाइमा अदालतले अघिल्लो आदेशलाई खारेज गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो । जसले गर्दा फिल्मको प्रदर्शन फुकुवा भएको हो ।

तर निर्माता थापाविरुद्धको पक्राउ पुर्जी अहिले पनि कायमै भएकाले उनलाई प्रहरीले खोजिरहेको छ ।

यस्तै, फिल्ममा विपिन र केकीसँगै फिल्ममा अर्पण थापा, कमलमणि नेपाल, महेश त्रिपाठीलगायत कलाकारको अभिनय छ। फिल्मको कथा सुशील पौडेलले तयार पारेका थिए ।

सुवास थापाको प्रस्तुतिमा तयार भएको फिल्मका निर्माता सुदर्शन बस्नेत छन भने फिल्ममा छायाङ्कन राजेश श्रेष्ठको छ ।

प्रकाशित मिति : २०७९ चैत्र २९ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *