
यमकला भुसाल,
तुलसीपुर, फागुन २१। उत्कृष्ट प्रतीभालाई गर्नका लागी पहिचान त्यहि प्रतीभालाई दिने छौ सम्मान भन्ने नाराका साथ ड्रामा प्रोडक्सन एन्ड थिएटर मिडिया हाउस तुलसीपुर दाङको आयोजनामा थारु नाच प्रतियोगिता २०७५ को लागी मगंलवार सेलिफाईनलको राउन्ड तुलसीपुरको बिष्णु चलचित्र मन्दिरमा सम्पन्न भएको छ । विभिन्न चरण पार गर्दै मगंलवार सेमिफाइनल राउन्डको लागी १० वटा समुह नाचमा भिडेका थिए । सेमिफाइनल राउन्ड चैतमा हुने आयोजले बताएको छ ।
थारु नाच प्रतियोगिता २०७५ कार्यक्रम सयोजंक प्रणव चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि सुपर लघुवित्त सस्ंथाका अध्यक्ष तथा थारु अगुवा ज्योति प्रसाद चौधरीले थारुहरुको जातिय सस्कार र सस्कृतिलाई बचाउन सबै एक हुनुपर्ने बताए । पछिल्लो वर्षहरुमा लोप भइरहेको कला सस्कृतिलाई बचाउन ड्रामा प्रोडक्सन एन्ड थिएटर मिडिया हाउसले ठुलो भुमिका निर्वाह गरेको उनले बताए । उनले भने,–गाउँ घरमा रहेका जति पनि कला सस्कृति छन,उक्त कला सस्कृतिको जर्गेना गर्ने गर्नुपर्छ,थारु सस्कृतिलाई बचाउनुपर्छ ।
सो अवसरमा थारु स्वास्थ्यकर्मी समाज तुलसीपुरका अध्यक्ष जिवराज चौधरी,सगींत सञ्चारकर्मी डिल्ली बस्नेत लागाएतले आफ्नो धारणा राखेका थिए । उक्त सेमिफाइनलको निर्णायकमा सामाजीक अध्यान्ता तथा थारु बुद्धिजिवी रोहित कुमार थारु र महटवा महासघंका जिल्ला अध्यक्ष चन्द्रप्रसाद चौधरी रहेका थिए । कार्यक्रम व्यवस्थापक सुन्दर चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण पत्रकार निता चौधरी र सुशील चौधरीले गरेका थिए ।