काठमाण्डौ,भदौ २७ । गायक कमल खत्री र गायिका मेलिना मैनालीले इन्गेजमेन्ट गरेका छन् ।
आइतवारआइतवार सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गर्दै मेलिनाले यसबारे जानकारी दिएकी हुन् ।
उनले फेसबुकमा लेखेकी छिन्, ‘जीवनको नयाँ अध्यायको सुरुवात तिमीसँग हुनु नै मेरो जीवनकै सुखद पक्ष हो । चाहना यति छ कि साथ तिम्रो होस् र जीवन कहिले खतम नहोस् । जीवनको हरेक उतारचढावमा सदैव एकअर्काको साथमा रहने वाचा गर्दै हामीले रीतिरिवाजअनुसार इन्गेजमेन्ट गरेका छौँ ।’
कमल र मेलिनाको प्रेम सम्बन्धबारे सामाजिक सञ्जालमा चर्चा हुँदै आएको थियो ।
यी दुईले ‘गुनगुनाउने बानी’ ‘म गीत हुँ तिम्रो’ ‘गुनगुनाउने बानी परेछ’ बोलको गीतमा स्वर दिएका छन् ।
प्रकाशित मिति : २०७९ भाद्र २७ गते सोमवार