२०८३ साउन ६ गते बुधवार

गीतकार लोकराज अधिकारीको तीज गीत तीजै रमाइलो सार्वजनिक

काठमाण्डौ,भदौ ५ । नेपालीहरूको महान् पर्व हरितालिका तीज नजिकिएसँगै कलाकारहरूले तीज लक्षित गीतहरू बजारमा ल्याउने क्रम चलिरहेको छ ।

यसैक्रममा तीज आउन अब केही दिनमात्रै बाँकी रहँदा चर्चित गीतकार लोकराज अधिकारीको तीजै रमाइलो नामक तीज गीत सार्वजनिक भएको छ ।

अधिकारीको शब्द रहेको यस गीतमा गायिका रुपा रिसाल चालिसे, शिला विष्ट, बिपना घिमिरे र सञ्जीव अधिकारीको स्वर रहेको छ ।

विपिन घिमिरेले लय सङ्कलन गरेको यस गीतको म्युजिक भिडियोको निर्देशन दिप गुरुङले गरेका छन भने म्युजिक एरेन्ज सञ्जय श्रीपालको रहेको छ ।

तीजै रमाइलो, माइतीघर भन्ने चिजै रमाइलो गीतमा दिपशिखा गुरुङ, लोमश शर्मा र लक्ष्मी गुरुङको अभिनय रहेको छ ।

यसपालिको तीजमा अलि ढिलो गरी तीज गीत सार्वजनिक गरेका अधिकारीले मौलिक तीज गीत बनाउने क्रममा केही ढिलो भएको बताए ।

गीतकार अधिकारीका तीज गीत, लोकगीत, चलचित्रका गीत, आधुनिक लगायत थुप्रै चर्चित गीतहरू यसअघि बजारमा आइसकेका छन् ।

https://youtu.be/pOjneLcS0k8

प्रकाशित मिति : २०७९ भाद्र ५ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *