काठमाडौं, भदौ २ । निर्देशक मिलन चाम्सले निर्देशन गरेको फिल्म ‘बर एन्ड बधु’को प्रदर्शन मिति तय गरिएको छ ।
रोमानियामा छायांकन सकेर नेपाल फर्किएको केही दिनपछि फिल्मको फाल्गुन १९ को लागि प्रदर्शन मिति तय गरिएको हो ।
फिल्ममा नायिका आँचल शर्मा, नव–नायक विवेक कर्माचार्य र कलाकार विजय लामा मुख्य भूमिकामा छन ।
एलआरके इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा जानुका थापाको लगानी छ भने डाक्टर अमित रिजाल फिल्मका कार्यकारी निर्माता छन ।
प्रकाशित मिति : २०७९ भाद्र २ गते बिहिवार