२०७८ माघ १० गते सोमवार

‘बुलाकि’ फिल्मको छायांकन सकियो

दाङ, पुस २२ । कर्णाली प्रदेशको जनजीवन,रितिरिवाज र संस्कृतिलाई प्रमुखताका साथ प्रस्तुत गरिएको नेपाली फिल्म ‘बुलाकी’को छायाङ्कन सकिएको छ ।

मोति बिष्टको प्रस्तुति र गोपाल बिष्ट निर्माता रहेको फिल्म तिहार सकिए लगत्तै डोल्पाबाट सुटिङ सुरु भएको थियो। फिल्मका केही दृश्य मुगु र जाजरकोटका बिभिन्न स्थानमा समेत खिचिएको निर्माण पक्षले जानकारी दिएको छ ।

एक महिनामा छायांकन सकेर सुटिङ युनीट हालै मात्र काठमाडौ फर्किएको फिल्मका निर्देशक लक्ष्मण सुनारले बताएका छन ।

फिल्ममा नरेन खड्का, सुरक्षा पन्त, बिराज बिष्ट, प्रकाश कँडेल,रमेश बुढाथोकी,सरस्वती खत्री,सुशील पोखरेल, लक्ष्मी गिरी लागएतको मुख्य भूमिका रहेको छ ।

छत्रेश्वरी म्यानेज्मेन्ट प्रालीको ब्यानरमा सौगात कँडेल सहनिर्माता रहेको छन भने फिल्मको छायांकान शिब ढकालले गरेका हुन् । उक्त फिल्ममा गोबिन्द मधुर आचार्य, श्रीकृष्ण बम मल्ल र बादल थापाको संगीत छ । निर्देशक सुनारले अनुसार अहिले पोस्टरको काम भैरहेको जानकारी दिएका छन ।

प्रकाशित मिति : २०७८ पुष २२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *