
काठमाडौं, कात्तिक १८ । महानायक राजेश हमालले पहिलो पटक गीत गाएका छन् । उनको स्वर रहेको गीत बुधबार सार्वजनिक भएको हो । चलचित्र करिअरको तीन दशकपछि हमालले पहिलो पटक आँफैले गीत गाएका हुन । ‘मन बुढो भएन…’ बोलको गीत दर्शक स्रोताले निकै नै रुचाएको देखिएको छ ।
काठमाडौंमा कार्यक्रमको आयोजना गरि हमालले आफ्नो गीत सार्वजनिक गरेका हुन ।
दीपक शर्माको शब्द र संगीतमा रहेको ‘मन बुढो भएन…’ गीतमा महानायक हमाल लगाएत एलिना चौहान, सुवास पुरी र बेनिशा पौडेलले हमाललाई साथ दिएका छन् । नरेन्द्र वियोगीले एरेन्ज गरेको गीत वेभ स्टुडियोमा रेकर्ड गरिएको हो।
म्हानायक हमालको रोमान्टिक गीत ‘मन बुढो भएन’ को भिडिओमा हमाल स्वयंको अभिनय छ ।
मोडल रेश्मा घिमिरेसँग हमालले अभिनय गरेका छन ।
गीतमा उत्सव दाहालले छायांकन र विकास दाहालले भिडियो सम्पादन गरेका छन । भिडिओमा देवेन्द्र पाण्डेको निर्देशन रहेको छ ।