२०७८ असोज ८ गते शुक्रवार

सुदर्शनले सुप्रियासँग गरे इन्गेजमेन्ट

काठमाडौं, भदौ २१। निर्देशक सुदर्शन थापाले आफ्नो जन्मदिनको अवसर पारेर सुप्रिया कटुवालसँग इन्गेजमेन्ट गरेका छन् । परिवार र नजिकका आफन्तको उपस्थितिमा उनीहरु दुवैले औँठी साटासाट गरेका हुन् ।

प्रेम सम्बन्धमा रहेका सुदर्शन र सुप्रियाले विवाहको रूप दिन लागेका हुन् ।

निर्देशक थापा लभ स्टोरी फिल्मका लागि माग भएका निर्देशक हुन् । उनले ‘मेरो एउटा साथी छ, प्रेम गीत, म यस्तो गीत गाँउछु, रामकहानी’लगायत लगभग दर्जन भन्दा बढी सिनेमा निर्देशन गरेका छन ।

त्यस्तै, मोडल तथा समाचार वाचिका सुप्रिया कटुवालसँग इन्गेजमेन्ट गरेका हुन् । हाल उनी एपी वान् टेलिभिजनमा समाचार वाचिका छिन् । सुदर्शन र सुप्रिया विगत ६ महिनादेखि प्रेम सम्बन्धमा थिए । सुदर्शन र सुप्रियाको बिहे भने असोजको २२ गते हुनेछ ।

प्रकाशित मिति : २०७८ भाद्र २१ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *