२०७७ फाल्गुन २४ गते सोमवार

‘यादका लहरहरु’पुरुष भर्सनमा पनि सार्वजनिक

काठमाडौँ,माघ ९ । नेपाली चलचित्रको सफल जोडी नायक राजेश हमाल र नायिका करिश्मा मानन्धरले अभिनय गरेको ‘यादका लहरहरु’बोलको गीत (पुरुष) भर्सनमा पनि सार्वजनिक भएको छ ।

डाक्टर प्रकाश पौडेलको शब्द रहेको उक्त गीतमा स्वर र संगीत गायक राज सागरको रहेको छ । यो  गीतको भिडियो पनि सार्वजनिक भैसकेको छ ।

यो गीतको भिडियोमा उत्तम हुमागाँइको छायांकन, प्रविन श्रेष्ठको सम्पादन र हरि हुमागाँइको निर्देशन छ ।

यो गीतको म्यूजिक भिडियोमा नायक राजेश हमाल र नायिका करिश्मा मानन्धरले अभिनय गरेका छन् ।

प्रकाशित मिति : २०७७ माघ ९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *