२०८१ माघ १२ गते शनिवार

कमल र प्रियानाको बिछोड ( भिडियो )


साउन ३० । अमेरिकामा रहेर निरन्तर गीत संगीत र कृषि कर्म गरेर अघि बढिरहेका गीतकार राजेश अर्यालले ‘आँखामा आँशु’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन्। यस गीतमा स्वर मेलिना राईको रहेको छ भने शब्द प्रदिप सुवेदीको रहेको छ। यस गीतलाई पुरुषोत्तम न्यौपानेले संगीतवद्द गरेका हुन् भने रिकेश गुरुङले संगीत संयोजन गरेका हुन्।

म्युजिक भिडियोमा कमल सिंह र प्रियाना आचार्यको अभिनय देख्न सकिन्छ। बुद्ध थापाले छायांकन गरेको यस भिडियोलाई बिकाश धमलाले सम्पादन गरेका हुन्। चर्चित भिडियो निर्देशक निकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो।

अमेरिकाको सबैभन्दा ठुलो नेपाली फार्म ब्रूक मेडो फार्मको लगानीमा भिडियो निर्माण भएको हो। गीतकार अर्यालको अफिसिएल च्यानल “राजेश अर्याल” मार्फत भिडियो सार्वजनिक गरिएको हो।

प्रकाशित मिति : २०७७ साउन ३० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *