२०८२ पुष ३० गते बुधवार

सीटीईभीटीले बढायो डेढ लाखसम्म शैक्षिक शुल्क

काठमाडौं,साउन २ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गतको तीनवटा विषयको शैक्षिक शुल्क वृद्धिको निर्णय पूर्वशिक्षामन्त्री देवेन्द्र पौडेलकै पालामा भएको पाइएको छ । मन्त्री पौडेलले आफ्नो कार्यकाल सकिन पाँच दिन अगाडि मात्रै शुल्क बढाउने निर्णय गरेको भेटिएको हो ।

सीटीईभीटीका अधिकारी र शुल्क समायोजन कार्यटोलीको लामो समयदेखिको लबिइङका आधारमा मन्त्रीले जाँदाजाँदै शुल्क वृद्धिको निर्णय गरेको पौडेल निकट स्रोतले बतायो ।

सीटीईभीटीले भने मन्त्रीस्तरीय निर्णय र शुल्क समायोजनसम्बन्धी कार्यटोलीको सुझावका आधारमा निर्णय गरिएको जनाएको छ । जसमा २०७१/०७२ सालदेखि तोकिएको शुल्क हालसम्म कायम रहेकाले बढाइएको सीटीईभीटीको दाबी छ । तर, कति वर्षमा कति प्रतिशतका दरले शुल्क बढाउने भन्नेबारे कुनै वैधानिक आधार नभएको सीटीईभीटीका उच्च अधिकारीहरू बताउँछन् ।

स्नातक र सोभन्दा माथिका शैक्षिक कार्यक्रमबारे मात्रै चिकित्सा शिक्षा आयोगले हेर्ने भएकाले प्रमाणपत्र तहका कार्यक्रमको शुल्कबारे सीटीईभीटीले आफ्नै हिसाबले निर्णय गर्दै आएको आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरी बताउँछन् ।

आयोगले पछिल्लोपटक एमबीबीएस र बीडीएस कार्यक्रममा ३.३ प्रतिशतका दरले शुल्क वृद्धि गरेको थियो । तर, सीटीईभीटीमा भने हचुवाकै भरमा शुल्कसम्बन्धी विवादास्पद निर्णयहरू हुँदै आएका छन् ।

प्रकाशित मिति : २०८० साउन २ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *