२०८१ चैत्र ३ गते आइतवार

लोक सेवाका रोकिएका परीक्षाहरु १५ साउनदेखि

काठमाडौं,असार १६ । लोक सेवा आयोगले कोरोना संक्रमण महामारीका कारण रोकिएका परीक्षाहरु साउन १५ गतेदेखि सन्चालन गर्ने निर्णय गरेको छ ।

आयोगको सोमबार बसेको बैठकले रोकिएका परीक्षाहरु साउन १५ देखि असोज २५ गतेसम्म गर्ने निर्णय गरेको हो ।

कोरोना संक्रमणका कारण र आयोगमा पदाधिकारी रिक्त हुँदा खरिदारदेखि सहसचिवसम्मका परीक्षाहरु रोकिएका थिए ।

आयोगले ११ वटा विज्ञापनमा रोकिएका परीक्षा, अन्तर्वार्ता, नतिजा प्रकाशनलगायतको कार्यतालिका सार्वजनिक गरिसकेको आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले जानकारी दिए ।

परीक्षा पूर्वनिर्धारित समयमा सन्चालन नहुँदा आयोगको वार्षिक कार्यतालिका नै प्रभावित भएको छ । रोकिएका परीक्षाहरु तीनदेखि चार महिनाभित्र सन्चालन गरिसक्ने लक्ष्य छ ।

परीक्षाहरु जतिसक्दो छिटो सक्न दुईदेखि तीन सिफ्टमा परीक्षा सन्चालन गर्ने तयारी आयोगले गरेको छ ।

प्रकाशित मिति : २०७८ असार १६ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *