२०७८ बैशाख १ गते बुधवार

ग्रेट अरनिको माबिमा नवआगन्तुक विद्यार्थीलाई स्वागत

तुलसीपुर, फागुन २२ । ग्रेट अरनिको माध्यमिक बिद्यालय तुल्सिपुर ६ ले कक्षा ११ का नबआगन्तुक विद्यार्थीलाई स्वागत गरेको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाल संस्कृत बिश्वबिद्यालयका परीक्षा नियन्त्रक डा. बाबुराम आचार्यले भबिश्यको लक्ष्य अनुरुप मेहनतका साथ अध्यन गर्न आग्रह गरे ।

‘ ज्ञान जति बाँड्यो उति बढ्छ,’ उनले भने ‘ तपाँई जति मेहनत गर्नु हुन्छ उति नै ज्ञान हासिल गर्नु हुने छ ।’एन प्याब्सन दाङका बरिष्ठ उपाध्यक्ष भोजराज न्यौपानेले मेहनतका साथ अध्यनगरि आफ्नो र विद्यालयको नाम तथा इज्जत बढाउन आग्रह गरे ।

कार्यक्रममा प्याब्सन दाङका सह–सचिव डिआर भण्डारी, बिद्यालयका फाइनान्स डाइरेक्टर नबराज भण्डारी, ग्रेट अरनिको मा।बि।का पुर्ब प्रिन्सिपल भागवत न्यौपाने, मिड वेष्टर्न कलेजका एमडी असिताब लामिछाने, बिद्यालयका पुर्ब अध्यक्ष श्रीधर शर्मा बिद्यालयका सस्थापक अध्यक्ष महेशप्रसाद आचार्य, बिद्यालयका सिइओ बिष्णुप्रसाद देबकोटा, बिद्यालयका संचालक समिति अध्यक्ष मानबहादुर बस्नेत र कक्षा १२ को तर्फबाट छात्रा स्वस्तिमा पराजुलीले मनतब्य व्यक्त गरेका थिए ।

बिद्यालयका भाइस प्रिन्सिपल कमलप्रकाश शर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण बिद्यालयका प्रोग्राम डाइरेक्टर नारायण भट्टराईले गरेका थिए ।

सोही अवसरमा खेल सप्ताह पनि आयोजना गरिएको थियो । जस अन्तर्गत खेलहरुमा उत्कृष्ट विद्यार्थी पुरस्कार बितरण गरिएको थियो । कार्यक्रममा विद्यार्थीले गीत, नृत्य समेत प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : २०७७ फाल्गुन २२ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *