२०७८ बैशाख ४ गते शनिवार

हापुरेमा शिक्षकलाई तालिम

हापुरे, फागुन २१। बबई गाउँपालिकाले कक्षा १ मा लागु भएको नयाँ पाठ्यक्रमका बिषयमा शिक्षकलाई तालिम दिन थालिएको छ । शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा तालिम सुरु भएको हो ।
शिक्षकलाई नयाँ पाठ्यक्रमको एकीकृत स्वरुप, पाठ्यक्रम कार्यान्वयनका लागि शिक्षकलाई तालिम दिन सुरु गरिएको हो ।

तीन दिनसम्म सञ्चालन हुने तालिममा कक्षा १ देखि ३ सम्मका बिद्यार्थीको शिक्षा सुधारका लागि तालिम दिइने भएको छ ।

शाखा प्रमुख मोहनलाल दाहालको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष भुबनेश्वर पौडेलले शैक्षिक सुधारका लागि साना बालबालिकाको पढाईमा ध्यान दिन आग्रह गरे । गाउँपालिकामा शिक्षाको सुधारका लागि प्रयास निकै भएको भन्दै त्यसमा शिक्षक, अभिभावक र बिद्यार्थीको भूमिका महत्वपुर्ण हुने उनले बताए ।

प्रमुख प्रशासकीय अधिकृत भिष्मकुमार मल्ल, शिक्षा शाखाका रामचन्द्र वलीले शिक्षाको महत्व र तालिमको औचित्य बारे धारणा राखेका थिए ।

प्रकाशित मिति : २०७७ फाल्गुन २१ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *