२०८१ चैत्र १३ गते बुधवार

घोराहीको पद्मोदय माविले ३ महिनासम्म दिवस मनाउने

फागुन, फागुन २० । घोराही उपमहानगरपालिका–१५ भरतपुरमा रहेको पद्मोदय पब्लिक नमुना माध्यमिक विद्यालयले आफ्नो स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाउने भएको छ ।२००४ गंगादशहराका दिन स्थापना भएको विद्यालयलले स्थापना भएको ७५ वर्षमा प्रवेश गरेको अवसरमा यस वर्ष आफ्नो हिरक स्थापना दिवस मनाउन लागेको हो ।

विद्यालयका प्रधानाध्यापक रामप्रसाद जैशीले हिरक स्थपना दिवस तीन महिनासम्म विविध कार्यक्रम आयोजना गरेर मनाइने बताए ।आचार्यका अनुसार विद्यालयले चैत्र ६ गतेदेखि २०७८ साल असार ६ गते गंगा दशहराका दिन विशेष कार्यक्रमको आयोजना गरी स्थापना दिवस मनाउने भएको छ ।

समुदायको प्रयासबाट स्थापना भएको विद्यालयले सामुदायिक स्तरमा समेत विभिन्न रचनात्मक कार्यक्रमहरु गर्दै आएको विद्यालयका शिक्षक सुदीप गौतमले जानकारी दिए ।

दिवस मनाउन समुदायस्तरका व्यक्तिलाई समेटेर विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवकुमार आचार्यको संयोजकत्वमा मुल समारोह समिति गठन गरेको छ ।विद्यालयका प्रधानाध्यापक रामप्रसाद जैशीले समारोह समितिको छिट्ट बैठक बसेर विभिन्न उपसमितिहरु गठन गरी कार्यक्रमलाई व्यवस्थित गरिने बताए । विद्यालयले हिरक स्थापना दिवसका अवसरमा इतिहासको खोजी, दाताहरुलगायतलाई सम्मान गर्ने जनाएको छ ।

साथै स्थापना दिवसका अवसरमा विद्यालयले दाङ जिल्लाको शैक्षिक तथा सामाजिक विकासमा विद्यालयले पु¥याएको योगदानको चर्चा एव अन्य सामुदायिक गतिविधि गर्ने विद्यालयले भएको छ ।

प्रकाशित मिति : २०७७ फाल्गुन २० गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *