तुलसीपुर, फागुन १३ । खासमा म उहालाई बधाइ दिन पुगेको थिएं । कारण, तुलसीपुर क्षेत्रका ६८ विद्यालययहरुको शैक्षिक मुल्यांकनमा तुलसी वोर्डिङ स्कुल अंग्रेजी, गणित र नेपाली विषयको मुल्यांकनमा फष्ट भएकोमा ।
तुलसीपुर उपमहानगरपालिका र टिचफर नेपालले गरेको मुल्यांकनमा तुलसी वोर्डिङ फेरी फष्ट भयो भनेर । तर, भिष्म सर खुसी थिएनन् । उनी अझै वेखुसी थिए, आफ्ना दूई विद्यार्थी सवै विषयमा फेल भएकोमा ।बधाई दिन आउनु भो ठिकै छ, तर, मेरा दुई विद्यार्थी अझैपनि सवै विषयमा फेल भएका छन् ।कक्षा ९ मा १ सय ८५ विद्यार्थी थिए । ३५ विद्यार्थी एक÷ एक वटा विषयमा फेल भए । दूई जना विद्यार्थी सवै विषयमा फेल भए ।
यसले मलाइ केही रात अनिदो बनायो । यसमा म आफु पनि फेल भएको अनुभुति गरेको छु । अभिभावकले पनि फेल भएको अनुभुतिगर्नुहुने छ भन्ने मैले लिएको छु । अनि दूई विद्यार्थी सवै विषयमा फेल हुनुलाई शिक्षक महोदयहरुले पनि अनुभुति गर्नुहुुने छ भन्ने मैले बुझेको छु ।
मिडियामा बोल्नै नमान्ने भिष्म सर अहिले तुलसीपुर उपमहानगरपालिका भरीको मुल्यङंकनमा स्कुल फष्ट भएका थिए । तर असफलतालाई पनि उनले त्यत्तिकै असन्तोष व्यक्त गरे । ‘अभिभावकहरु पनि त फेल भएको अवस्था होनी,’ उनले भने ‘मान्छेको दिमागलाई सही परीचालन गरे अर्कौ पटक कोही असफल हुने छैनन ।’
‘कक्षा नौं मा दूई विद्यार्थी फेल हुँदा म एक्लै स्कुल सञ्चालनक फेल भएको होइन,’ उनले भने ‘अभिभावक पनि फेल भएको हो, पढाउने शिक्षक पनि फेल भएको हो ।’त्यसो त विद्यार्थी पास गराउन तुलसी वोडिङ एउटा ‘निरंकुश स्कूल हो’ पनि भनिन्छ ।
तर स्कूलका प्राचार्य भिष्म सर, भन्छन्–,‘हामीले त पहिले यहां आउनेलाई मान्छे बनाउनुपर्यो, त्यसपछि मात्रै विद्यार्थी बनाउने हो । मान्छे बन्न नसक्ने विद्यार्थी बन्न सक्दैनन, विद्यार्थी बनेपछि भविस्य सिक्छन् ।’
यो डायरी लेखिरहँदा वालरोग विशेषज्ञ डा. किशोर खत्रीलाई विशेष धन्यवाद दिन चाहनछु । अनि भिष्म सरलाइ पनि । बाबु मास्टर, छोरा डाक्टर । दुवै संस्था उत्तिकै चलायमान छन् । ६ महिनामा जन्मेको शिशुलाई डा.किशोरले बचाएका छन्। अनि सांच्चैका मान्छे बनाउने अभियानमा छन् भिष्म सर । तुलसी एउटा ब्राण्ड बनेको छ ।
फेरि भिष्मसर संग जोडिन चाहान्छु । सरकारले पाठ्य घण्टा तोकेको छ । तर बन्द हड्ताल, आन्दोलन, चाडपर्वका विदा… । यस्ता बिदाहरुमा अक्कसर उनको द्यिालयमा पढाई भइरहन्छ । हामीले कसरी पाठ्य घण्टा पढाउन सक्छौं ? तैपनि, भिष्म सर, भनिरहेका थिए, हामीले तोकिएको पाठ्य घण्टिमा रुटिङ अनुरुप काम गर्नै पाएका छैनौं ।
भिष्म सर बोलिरहेका थिए, ‘हामी ११ पटक मध्यपश्चिम फष्ट भएका छौं।’ शिक्षा क्षेत्रमा एउटा ब्राण्ड हो ‘तुलसी बोर्डिङ।’ तुलसी गोरखा दक्षिण वाहु पुरस्कारले पनि सम्मानित भैसकेको छ । ‘तर, यी सवै उपाधिले हामीले अघिल्लो बर्ष दूई जना विद्यार्थीलाई असफल बनाउँदा हामीले अवजस लिने कि नलिने ?’ भिष्मले प्रश्न गरे ।
तुलसी वोडिङमा हाल करिव १ हजार ६ सय बढी विद्यार्थी अध्यनरत छन् । सय भन्दा बढी शिक्षक र कर्मचारी छन् । घर जग्गा आफ्नै जग्गामा ठडिएका छन् ।
यि सवैलाई मान्द्धे बनाउने अभ्यास गर्दा फेरि निरङकुशता भन्न मिल्छ र? भिष्म सर, फेरि पोखिए ।‘ स्कुल एउटा विद्यार्थीलाई एउटा असल नागरिक बनाउन सक्नु पर्छ,’ भिष्मले भने ‘म त्यो वेला खुसी हुन्छु ।’
उनको स्कुलमा पढेका विद्यार्थी एमविबीएस परीक्षामा नाम निकालिरहेका हुन्छन्, पुल्चोकको इन्जिनियरीङ कलेजमा छात्रबृत्तिमा पढ्ने सुचिमा परिरहेका हुन्छन्, वन विज्ञानमा छात्रबृत्तिमा नाम निकालीरहेका हुन्छन् । त्यो होनी शिक्षाको उपलब्धी ।
‘हाम्रो पनि त समस्या छ नि, सरकारले अहिले मात्रै कक्षा ११ को पाठ्यक्रम दियो । शैक्षिक माफियाको चंगुल त सरकार पनि हो नि । आधा शैक्षिक शत्र सकिने वेला नयाँ पाठ्यक्रम दिने सरकार वेइमान होकि होइन,’ भिष्मले प्रश्न गरे ।
यतिवेला नयां पाठ्यपुस्तक तोकेर हामीले कसरी पाठ्यभार अनुसार पढाएर विद्यार्थीलाई सफल बनाउन सक्छौं ? उनले अन्त्यमा तुलसी स्कूलको बढाई चढाई कुरा नलेख्न आग्रह गरे । ‘ तुलसी बोर्डिङलाई ब्रान्ड नलेखिदिनुहोला’ उनले भने ।