तुलसीपुर,फागुन ६ । दाङको तुलसीपुरमा मिलिजुली एजुकेशन सञ्चालनमा आएको छ ।
वैदेशीक उच्च शिक्षामा जान चाहाने विद्यार्थीहरूलाई लक्षित गरि तुलसीपुरको विपी चोकमा मिलिजुली एजुकेशन सञ्चालनमा आएको हो ।
एजुकेशनको बिहिवार एक कार्यक्रमका बिच तुलसीपुर उद्योग वाणिज्य सघंका महासचिव बिनिल केसीले पानसमा बत्ती बालेर उद्धघाटन गरेका छन ।
मिलिजुली एजुकेशनका सञ्चालक नेत्रप्रकाश शर्माको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि केसीले सीप सिक्न र उच्च शिक्षा लिन विदेशमा जानु राम्रो भएको भन्दै सिप र उच्च शिक्षापछि आफ्नै देशमा आएर देशलाई समृद्धि बनाउन लाग्नुपर्ने बताए ।
उनले स्थानिय तहमा नै सहज रूपमा वैदेशिक उच्च दिन सस्था आउनु राम्रो भएको बताए ।
कार्यक्रममा विशिष्ट अतिथि एसडी मिराकल कन्सलटेन्सीका सञ्चालक गणेश शर्मा र तुलसीपुर उद्योग वाणिज्य सघंका कोषाध्यक्ष देववहादुर केसीले विद्यार्थीहरुलाइ प्रेरित गर्न उच्च शिक्षाको खाँचो रहेको बताए ।
कार्यक्रममा धन्यावाद ज्ञापन गर्दै मिलिजुली एजुकेशनका सञ्चालक तथा व्यवस्थापक शौरब शर्माले उच्च शिक्षा पढ्न बाहिरी जिल्लामा जानुपर्ने बाध्यताको अन्त्य गर्न आफ्नै ठाउँमा सहज रूपमा वैैदेशीक उच्च शिक्षाको पहुँच दिने उद्देश्यले एजुकेशन सञ्चालनमा ल्याएको जानकारी दिए ।
एजुकेशनमा अष्ट्रेलिया,जापान,कोरीया,फ्रान्स लगायतका देशहरुमा जानका लागि तयारी कक्षाहरु सञ्चालन हुनेछन ।
उक्त कार्यक्रमको सहजीकरण पत्रकार यमकला भुसालले गरेकी थिइन ।