२०७७ फाल्गुन २० गते बिहिवार

दूई बिद्यार्थी सम्मानित

घोराही, फागुन ५ । घोराहीस्थित शुकदेब रेवता योगी सम्मान सेवा गुठीले दूई जनालाई सम्मान गरेको छ । रेवता योगी उत्कृट छात्रा पुरस्कारबाट हिन्दू विद्यापीठ घोराहीमा कक्षा १० मा अध्ययनरत छात्रा लक्ष्मी बिसी र शुकदेबनाथ उत्कृष्ट छात्र पुरस्कारबाट जयशेर मावि राउतगाउँमा कक्षा १० मा अध्ययनरत छात्र मनोज बुढाथोकीलाई सम्मान गरेको हो ।

उनीहरु दुबै जनालाई बुधवार विद्यालयको २९औं बार्षिक उत्सवको अबसरमा सम्मान गरिएको हो । उनीहरुलाई नगद ५ हाजर १ रुपैंया र प्रमाण पत्रले सम्मान गरिएको हो । घोराही उपमहानगरपालिका वडा नं. ७ का योगी परिवारले रेवता योगीको सम्मानमा पुरस्कार स्थापना गरेको हुन ।

प्रत्यक वर्ष यो पुरस्कार प्रदान गरिन्छ । हिन्दू विद्यापीठ नेपालका प्राचार्य भोलानाथ योगीले बालबालीकाको हौसला बढाउन पुरस्कार सहयोगी बन्ने आशा व्यक्त गरे ।

प्रकाशित मिति : २०७७ फाल्गुन ५ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *