२०८१ असोज ३ गते बिहिवार

सरस्वती माविमा मार्गनिर्देशन तालिम

घोराही, माघ १६ । दाङको घोराही उपमहानगरपालिका वडा नं १५ स्थित सरस्वती माध्यमिक विद्यालय भरतपुरमा कक्षा १० का विद्यार्थीलाई वृत्ति–मार्गनिर्देशन तालिम प्रदान गरिएको छ ।

कक्षा ९ मा ६ दिनको र कक्षा १० एक दिनको गरी सात दिने तालिम शुक्रवार प्रदान गरिएको प्रधानाध्यापक बसन्ता पौडेलले जानकारी दिए ।

विद्यार्थीको क्षमता पहिचान, रुची र खुबी अनुसारको बृत्ति छनौट, बृत्ति र जागिरबारे बिस्तृत जानकारी, नेपालको शिक्षा प्रणाली, आफ्नो बृत्ति निर्माण तथा त्यसको कार्यान्वयनका बारेमा प्रशिक्षण दिइएको हो । तालिमको सहजिकण वृत्ति मार्गनिर्देशक शिक्षक हेमराज शर्मा र एञ्जिला केसीले गरेका हुन ।

प्रकाशित मिति : २०७७ माघ १६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *