शंकर केसी, सल्यान, पुस १९।सल्यान कपुरकोटका शिक्षकहरुको लागि १० दिने तालिम शुरु भएको छ । मानव संशाधन विकास केन्द्र सुर्खेतको आयोजना र कपुरकोट गाउँपालिकाको व्यवस्थापनमा आइतबारदेखि तालिम सुरु भएको हो ।तालिम पुस २८ गतेसम्म तालिम सञ्चालन हुने छ ।
१ देखि कक्षा ३ सम्म शिक्षकका लागि प्रारम्भीक कक्षा पढाइ सम्बन्धि एकिकृत पाठ्यक्रममा आधारित १० दिने (टिपिडी) तालिम सुरु गरिएको मानव संशाधन विकास केन्द्र सुर्खेतका शिक्षा तालिम केन्द्र प्रमुख सुवर्ण खड्काले बताए ।
शिक्षामा आएका नयाँ प्रयोग, बाल मनोविज्ञान र वर्तमान समय अनकूलको शिक्षण प्रविधिको बारेमा जानकारी दिन तालिम आयोजना गरिएको उनले जानकारी दिए । तालिम उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै गाउँपालिका उपाध्यक्ष तिला बुढा मगरले दक्ष शिक्षक उत्पादन गर्न तालिम सहयोगी बन्ने आशा व्यक्त गरिन ।
प्रमुख प्रशासकीय अधिकृत मोहन खड्काले शिक्षामा विकास भए मात्र देशको विकास हुने तर्क गरे ।
तालिमको प्रशिक्षकमा सिट्टीसाप विष्ट रहेका छन् । कपुरकोट शिक्षा शाखा प्रमुख रमेश कुमार आचार्यको अध्यक्षतामा भएको तालिम उद्घाटन कार्यक्रमको सहजिकरण शिक्षक पदम खड्काले गरेका थिए ।